November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

लेनदेन विवादका कारण नाइँ नभन्नु ल ६ को प्रदर्शन निर्धारित मितिमा नहुने

1.7K

काठमडौँ । आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ ।

निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको चलचित्रका निर्देशक विकासराज आचार्यले जानकारी दिए ।

‘तोकिएको मितिमा चलचित्र प्रदर्शन गर्न हुन सकेन, अब नयाँ मिति तय भएपछि चलचित्र प्रदर्शन गर्छौं,’ निर्देशक आचार्यले सञ्चारकर्मीसँग भनेका छन् ।

Advertisement

बोर्ड सदस्य रवि अधिकारीले सञ्चारकर्मीलाई जानकारी दिएअनुसार विवाद समाधानका लागि दुवै निर्मातालाई छलफलका लागि बोलाइएको छ। । ‘हामीले चलचित्र जाँचपासका लागि सिफारिस रोकेका होइनौँ । लेनदेनमा देखिएको समस्या समधान गर्न आग्रह गरेका हौँ’, अधिकारीको भनाई छ ।

यसअघि गत साता चलचित्र ‘प्रसाद २’ को प्रदर्शनीमा पनि आर्थक लेनदेनको विवादका कारण अन्योल भएको थियो ।