April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एक भएका १० दल उपनिर्वाचनमा छिन्नभिन्न

1.4K

काठमाडौं । सत्ता सझेदार दलहरुहरु उपनिर्वाचन अगावै छिन्नभिन्नको अवस्थामा पुगेका छन । पछिल्ला घट्नाक्रम र बैठकमा नेताहरुको उपस्थितिले उक्त कुराको पुष्टि गरेको छ । मंगलबार ५ दलले निकालेको संयुक्त प्रेस विज्ञप्तिले गठबन्धनभित्र तिक्तता बढेको प्रष्ट भएको हो । विश्वासको मत र सरकार विस्तारमा सँगै देखिएका दलहरू १० वैशाखमा हुने उपनिर्वाचनमा भने अलग हुने निश्चित भएको हो ।

सत्तारुढ १० दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी र राष्ट्रिय जनमोर्चा छन्। तर, उपनिर्वाचनसम्म आइपुग्दा कांग्रेस, माओवादी, नेकपा एस, लोसपा र जसपा मात्र एक ठाउँमा देखिएका छने भने बाँकी दल अलग बाटोमा छन् ।

१० दलभित्र देखिएको तिक्तता मंगलबारको विज्ञप्तिले थप प्रष्ट बनाएको छ । संयुक्त प्रेस विज्ञप्तिमा ५ दलका अध्यक्षहरूको हस्ताक्षर छ भने उनीहरूले कांग्रेस र जसपाका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् । चुनावमा अलग अलग बाटोमा हिड्नुलाई नेताहरुले लोकतान्त्रिक पद्धतिलाई अपनाएको प्रतिक्रिया दिइरहेका छन् । चुनावमा जानु र सरकारमा बस्नु फरक कुरा रहेको उनीहरुको भनाइ छ ।

Advertisement

सरकारमा भनेअनुसारको मन्त्रालय नपाउँदा सरकार नै छाडेको जनमत अहिले उपनिर्वाचनमा पनि अलग छ। उद्योग मन्त्रालय मागेको जनमतले उक्त मन्त्रालय नपाएपछि पार्टीबाट सरकारमा रहेका अब्दुल खानलाई खानेपानी मन्त्रालयबाट राजीनामा दिन लगायो। गठबन्धनले बारामा जसपाका उपेन्द्र यदवलाई उम्मेदवार बनाउन सक्ने भन्दै जनमतका अध्यक्ष सिके राउतले संसद्मै प्रतिवाद गरेका थिए।

कांग्रेस भने २ क्षेत्रको उपनिर्वाचनमा गठबन्धनभित्र आफ्नो पार्टीका तर्फबाट उम्मेदवारी हुनु स्वाभाविक भएको बताउँछ। चितवन–२ र नतहुँ–१ मा कांग्रेसले उम्मेदवारी दिएको छ । नेताहरुले उपनिर्वाचनका लागि बनेको ५ दलीय गठबन्धन विजयी हुने दाबी गरिरहेका छन् । उपनिर्वाचनमा तितरबितर भएको सत्ता गठबन्धन उपनिर्वाचनपछि कुन दिशामा मोडिन्छ, त्यसैले सरकारको पनि आगामी दिन निर्धारण गर्ने देखिन्छ।