April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उम्मेदवार दिने तयारी गरिरहेका रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वोच्चमा

1.2K

काठमाडौं । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वोच्च अदालतमा दिएका छन् ।

लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए । उनले राहदानी दुरुपयोगको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताए ।

‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएको छु,’ पौडेलले भने, ‘भोलि या पर्सीसम्ममा रिट दर्ता होला ।’

Advertisement

रवि लामिछानेले सोमबार चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा उम्मेदवारी दिँदैछन् । तर आइतबार उनीविरुद्ध अदालतमा रिट परेको हो ।

यसअघि मंसिर ४ मा भएको निर्वाचनमा तेब्बर बढी मतले विजयी भएका रवि नागरिकता विवादमा फसेपछि सांसद पद गुमेको थियो ।