पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा आँखा सिविर सम्पन्न भएको छ । फागुन ३० देखि चैत ३ गतेसम्म सञ्चालन गरिएको शिविरमा ६६ जना नागरिकको आँखाको अप्रेसन गरिएको छ । शिविरमा मोतिया बिन्दुसँगै ऐजेरु र मासु पलाएका बिरामीको अप्रेसन गरिएको थियो ।
शिविरमा २ सयबढी विद्यार्थीसहित करिब ८ सय जनाको आँखा जाँच साथै ५ सयलाई औषधी र २ सय भन्दा धेरैलाई चश्मा वितरण गरिएको आयोजक नसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिए ।
फालेलुङ गाउँपालिकाको आर्थिक र मेची आँखा अस्पताल बिर्तामोड झापाको प्राविधिक सहयोगमा जिल्लामा क्रियाशिल सामाजिक संस्था जनसेवा समाजले यहाँ आँखा शिविर सम्पन्न गरेको हो ।
भारतको वेष्ट बंगाल र सिक्किमसँग सिमाना जोडिएको फालेलुङमा आँखाको समस्या भएका बिरामीको संख्या धेरै भएकाले शिविरका लागि बजेट व्यवस्थापन गरिएको गाँउपालिका अध्यक्ष विरक्रिम थाम्सुहाङले जानकारी दिए ।