November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आईसीसीद्वारा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी

2.9K

काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
युद्ध अपराधको अभियोगमा आईसीसीले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

२४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ । रुसले लगाएको अभियोगमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि उल्लेख छ ।

बिबिसीले उल्लेख गरेअनुसार पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन’ भनेकी छन् ।

Advertisement