November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गणेशमान सिंह सामुदायिक अस्पतालद्वारा जेष्ठ नागरिकहरुलाई निःशूल्क स्वास्थ्य परीक्षण

3K

पाँचथर । जिल्लाको गणेशमान सिंह सामुदायिक अस्पताल पाँचथरले जेष्ठ नागरिकहरुलाई निःशूल्क स्वास्थ्य परीक्षण गरिदिएको छ । सिद्ध पोखरी सेवा सदनद्धारा सञ्चालित फिदिम–२, स्थित जेष्ठ नागरिक आश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

आश्रममा रहेका १९ जना जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिए । ‘आश्रमका सबै बृद्धबृद्धाको स्वास्थ्य परीक्षण गरिएको हो,’ श्रेष्ठले भने ‘सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालले बिगतदेखि नै यस्तो काम गर्दै आएको छ ।’

अस्पतालको टोलीले आश्रममै पुगेर प्रेसर, सुगर, हाडजोर्नी लगायतको स्वास्थ्य परीक्षण गरेको हो ।

Advertisement