November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सुनसरीमा सवारी दुर्घटनाबाट एकजनाको मृत्यु

1.5K

धरान । सुनसरीको बर्जु गाउँपालिका–२ स्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–३ की ३६ बर्षीया चन्द्रकलादेवी रहेकी छिन् ।

प्रहरीका अनुसार मंगलबार राती साढे १ बजे को. ७ प ५६५ नम्बरको मोटरसाईकलको पछाडि सवार रहेकी उनको मोटरसाईकलबाट आफै लडी घाईते भएकी थिइन् । घाइते उनलाई मोटरसाईकल चालक उनको श्रीमान ४१ बर्षीय सैलेन्द्र रायले उपचारको लागि कोशी अस्पताल बिराटनगर लगेकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Advertisement