November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्ने

२०७९ फाल्गुन ३०

1.7K

काठमाडौं । माओवादी धारका नेताहरूले नागरिक अगुवा र बुद्धिजीवीहरूसँग छलफल गर्ने भएको छ । विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरूले आज बुद्धिजीवी र नागरिक अगुवाहरूसँग छलफल गर्न लागेका हुन् ।

गत २६ गते बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीवीहरूसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो ।

माओवादी घटक दलहरूले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरिसकेका छन् । आज नागरिक अगुवाहरूसँग अन्तरक्रिया गर्ने र सुझावका आधारमा थप कार्यक्रम तय गर्ने माओवादी घटक दलहरूको तयारी छ ।

Advertisement