November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

राष्ट्रपति पौडेलले लिए शपथ, विदा भइन भण्डारी

२०७९ फाल्गुन २९

2.1K

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायधिश हरिकृष्ण कार्कीले शपथ गराएका हुन् ।

यही फागुन २५ गते राष्ट्रपतिका लागि भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार ल्याएर मुलुकको तेस्रो राष्ट्रपति बनेका हुन् ।

सो अवसरमा शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेकी छन् । पौडेलले गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् ।

Advertisement

साथै उनी दुई कार्यकाल पूरा गरी शीतल निवासबाट बिदा भएकी छन् । भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् ।