April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

एकीकृत समाजवादी निकट अनेमसंघको जिल्ला अध्यक्षमा पुनः ससमती चौधरी

२०७९ फाल्गुन २६

2.8K

दाङ । नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ (समाजवादी) दाङको जिल्ला सम्मेलन सम्पन्न भएको छ । अधिवेशनले ससमती चौधरीलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । भेलाले ५१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो । 

समितिको उपाध्यक्षमा झुमा गुरुङ र लक्ष्मी गिरी निर्वाचित भएका छन् भने  शुसिला न्यौपाने, हेलना मिया क्रमशः सचिव र सहसचिव र भक्ति पौडेल कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासले सम्मेलनको उद्घाटन गर्दै  आजका महिलामा जीवन, जगत, ज्ञान र विज्ञानबारे निरन्तर अध्ययन हुनुपर्ने धारणा राखेका थिए ।
‘नेपालको संविधानले महिलालाई नेतृत्वदायी भूमिकाको संवैधानिक व्यवस्था गरेकाले सो अवसर लिन अग्रसर हुनुपर्छ । अब छोराहरुले मात्र मुलुक चल्ने दिन गए । तसर्थ छोरीहरू अर्थात् महिलाहरू राजनीति वा भनौँ नेतृत्व विकासमा अग्रसर हुनै पर्छ । तपाईंहरु अगाडि बढ्नुस् ।’ विश्वासले भने ।

Advertisement

मन्तव्य कै क्रममा समाजवादीकी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रेदेशकी उपसचिव शारदा श्वर्णकारले समाजवादी शैली अपनाउन कार्यकर्ताहरुलाई आग्रह गरेक थिए ।

कार्यक्रममा अनेमसंघकी केन्द्रीय सचिव अनारकली मिया, समाजवादीका जिल्ला अध्यक्ष शुरामणि बेल्बासे, उपाध्यक्ष चुर्ण बहादुर वली, सचिव डिल्ली डाँगी, चित्रा मल्ल, शोभा शाह लगायतले मन्तव्य राखेका थिए  ।