काठमाडौं- प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपधि प्रदेश नम्बर १ ले जितेको छ। एपिएफलाई ६ रनले हराउँदै प्रदेश नम्बर १ ले उपाधि जितेको हो। प्रदेश नम्बर १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपिएफले पूरा २० ओभर खैल्दै ७ विकेट जाँदा ९९ रन मात्र बनाउन सक्यो।
३० बलमा ३६ रन चाहिएको अवस्थामा बढेको एपिएफले अन्तिम ६ बलमा १३ रन बनाउनुपर्ने चुनौतीसम्म पुगेको थियो। जहाँ प्रदेश नम्बर १ ले सम्हालिएको बलिङ गर्दै उपाधि जितेको छ। उपाधिसँगै प्रदेश नम्बर १ ले पाँच लाख रुपैयाँ पाउनेछ।
एपिएफका लागि ज्योति पाण्डेले १५ बलमा १४ रन, इन्दु बर्माले ८ बलमा ७ रन, सरिता मगरले ५ बलमा ६ रन, सोनु खड्काले १ बलमा १ रन, ममता चौधरीले ४७ बलमा ३४ रन, करुणा भण्डारीले ३६ बलमा २६ रन बनाए। चोटमा रहेकी कप्तान सीता राना मगर पछिल्लो क्रममा ब्याटिङमा आएर ३ बलमा २ रन बनाइन्।