April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाँचथरमा जंगलमा लडेर लेटाङका एक पुरुषको मृत्यु

1.3K

पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका स्थित ससुराली घर हिडेका मोरङको लेटाङका एक पुरुषको जंगलमा लडेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ लेटाङ नगरपालिका ८ खैरेनीका ७३ बर्षीय हस्तबहादुर लिम्बू रहेका छन् । उनको पाँचथरको मिक्लाजुङ ७ गैरीगाँउस्थित जंगलमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

श्रीमती सरिता र दुई बच्चासहति ससुराली घर जाने क्रममा लिम्बू जंगलबाट लडेर बेपत्ता भएका थिए । सरिताले श्रीमान लडेर बेपत्ता भएको स्थानीयलाई भनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

इलाका प्रहरी कार्यालय खान्द्रुङबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजि गर्दा लिम्बूलाई जंगलमा मृत अवस्थामा भेटिएको हो ।