April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

नर्सिङ क्लब नेपालले राष्ट्रिय सम्मेलन गर्ने, क्षमता अभिबृद्धिमा काम गर्न वक्ताहरुको जोड

7.5K

काठमाडौं । नेपाली नर्सहरुको बृत्तिविकास, क्षमता अभिबृद्धि, बिषेषज्ञता, सामाथ्र्य र पहिचान स्थापित गराउन सामूहिक भावना आवश्यक रहेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।

नर्सिङ क्लब नेपालले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी पूर्वसचिब बरिष्ठ नर्स विजया केसी, प्राध्यापक तथा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्वउपकुलपती डा.राजेन्द्रराज वाग्ले, नेपाल नर्सिङ एसोसीएसन नानाका कोषध्यक्ष तथा गभरमेन्ट नर्सिङ एसोसीएसन नानाका अध्यक्ष कल्पना श्रेष्ठ, पाटन मेन्टल हस्पिटलकी सुपरभाइजर मीना कार्की लगायतले नर्सहरुका लागि राज्य विशेष योजनाहरु अघि सार्नुपर्ने धारणा राखे ।

नर्सिङ क्लब नेपालकी अध्यक्ष विमला सुब्बा घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ नर्स विजया केसी पूर्वउपकुलपती डा.राजेन्द्रराज वाग्ले, गभरमेन्ट नानको अध्यक्ष कल्पना श्रेष्ठ, पाटन मेन्टल हस्पिटलकी सुपरभाइजर मीना कार्कीलाई मानार्थ सदश्यता प्रदान गर्दै बिशेषज्ञ ब्यक्तिको रुपमा सल्लाहकारमा नियुक्ति गरिएको छ । साथै क्लवले प्रकृया पुरा गरेका नर्सहरुलाई आजीवन सदस्यता प्रदान गरेको छ ।

Advertisement

कार्यक्रममा वरिष्ठ नर्स केसीले क्लबलाई सामूदायिकमुखी र इन्टरडिस्सप्लीनरी तरीकाले सद्भावका साथ अघि बढ्न शुभकामना दिइन । प्राडा वाग्लेले काम गर्दा सहकार्य, सद्भाव र मेहनतका साथ अघि सुझाव दिए । । गभरमेन्ट नानको अध्यक्ष श्रेष्ठले आफुहरु पनि संघर्षकै समयमा रहेको र क्लवको कार्यक्रमले नान र गभरमेन्टनानलाई पनि सहयोग पुग्ने धारणा राखिन । बरिष्ठ नर्स मिना कार्कीले आफूले जानेको र सकेको सहयोग क्ववलाई योगदान गर्ने प्रतिवद्धता जनाइन ।

क्लबकी अध्यक्ष सुब्बा घिमिरेले संस्था स्थापनाको मुख्य ध्येय भनेको कसरी नर्सहरुको बृत्ति बिकासमा योगदान गर्ने, सहयोग आदान प्रदान गर्ने, नर्सको बिशेषज्ञता, सामाथ्र्य र पहिचानलाई स्थापित गर्ने बताइन । अन्य बक्ताहरुले अथितीहरुले नर्सिङ पेशामा नबिन सोच र युवा पुस्तामा लिडरसिपको आवश्कता रहेको र क्लवले आयोजना गर्ने कार्यक्रमहरुमा पुर्ण रुपले सुझाव र सल्लाह प्रदान गर्ने प्रतिबद्धता जनाए ।

क्लवको मुख्य उदेश्यहरु नर्सिङ शिक्षालाई सेवामुखि बनाउन सचेतनामुलक कार्यक्रम गर्ने, गुणस्तरीय नर्सिङ सेवा दिने, तालिम, गोष्ठी, सेमिनार, सम्मेलन तथा महोत्सबहरुको आयोजना गर्ने र ड्रिम प्रोजेक्टको रुपमा इ-लाइब्रेरी स्थापना गर्ने लगायत रहेका छन । क्लबले द फ्युचर अफ नर्स -ट्रान्सफर्मिङ लिडरसीप शिर्षकमा २०८० साल बैसाख ८ गते शुक्रबार काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ ।