November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पाँचथरको फिदिम नगरपालिकामा ६ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

1.9K

पाँचथर । फिदिम नगरपालिका वडा नं. ६ मा ६ सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । वडाद्वारा आयोजित एक कार्यक्रमबीच वडाका ६ वटा विद्यालय र २ वटा बालविकास केन्द्रलाई शैक्षिक सामग्री र स्टेस्नरी वितरण गरिएको हो ।

शिद्धकालिका मावि फेदायकमा सम्पन्न कार्यक्रममा फिदिम नगरपालिका वडा नं. ६ स्थित शिद्धकालिका माविसँगै चोकमागगु आधारभूत बिद्यालय, सिंहकालिका आधारभूत बिद्यालय, भगवती मावि, काफलबोटे आवि, सिंहदेवी आवि र २ वटा बालविकास केन्द्रका गरी ६ सय विद्यार्थीलाई सामग्री वितरण गरिएको हो ।
विद्यार्थीहरुलाई झोला, स्वीटर, कुर्सी, म्याट, भित्तेघडि, भलिवल, नेट, शब्दकोष, फुटबल, पम्प, चार्ट, वर्णमाला, लगायत शैक्षिक सामाग्रीहरु वितरण गरिएको थियो ।कार्यक्रममा मन्तव्य व्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथि, फिदिम ६, का वडाअध्यक्ष बिपन तुम्रोकले शैक्षिक गुणस्तर, विकास र उन्नतिका निम्ति वडा दिगो लक्ष्यका साथ अघि बढिरहेको र त्यसको नतिजा सकरात्मक आइरहेको बताए ।

कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो । कार्यक्रम शिद्धकालिका मावि फेदायक विद्यालयव्यवस्थापन समिति अध्यक्ष राज कुमार राईको अध्यक्षतामा सम्पन्न भएको चोकमागु आवि , फिदिम ६, का प्रधानाध्यापक नरेन्द्र शेर्माले जानकारी दिए ।

Advertisement