April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

अमेरिकी राष्ट्रपतिको घरबाट गोपनीय दस्ताबेजहरू बरामद

1.8K

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरबाट गोपनीय दस्ताबेजहरू बरामद भएका छन् । अमेरिकी न्याय विभागका अधिकारीहरूले करिब १३ घण्टाको अनुसन्धानपछि यी फाइलहरू कब्जामा लिएका थिए ।

गत शुक्रवार अमेरिकी राष्ट्रपति बाइडेनको डेलावेयरमा रहेको घरमा ६ थप गोपनीय दस्ताबेज फेला परेका हो । यीमध्ये केही फाइलहरू बाइडेन सिनेटर हुनुअघिका रहेका छन् । कतिपय फाइल ८ वर्षअघि उनी उपराष्ट्रपति हुँदाका छन् ।

बाइडेनको घरमा बिहान ९ः४५ देखि राति १०ः३० बजेसम्म खोजी गरिएको थियो। खोजीका क्रममा दुवै पक्षको कानुनी टोली र ह्वाइट हाउसका एक अधिकारी पनि उपस्थित थिए। बाइडेनको बैठक कोठादेखि ग्यारेजसम्मको सम्पूर्ण घरको खोजी गरिएको थियो ।

Advertisement