November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

औपचारिक रुपमा युरापेली संघबाट बाहिरियो बेलायत

3.9K

काठमाडौँ– बेलायत ‌‍औपचारिक रूपमै युरोपेली संघ (इयु) बाट बाहिरिएको छ।

सन्‌ १९७३ मा संघको सदस्यता लिएको बेलायतले ४७ वर्षपछि स्थानीय ग्रीनवीच समयअनुसार गएराति ११ बजेदेखि इयुका नियम पालना गर्न छाडेको हो।

युरोपेली युनियनमा बस्न नहुने माग विपक्षीबाट आएपछि सन् २०१६ मा बेलायतमा यसबारे जनमत संग्रह भएको थियो। ब्रेक्जिट अर्थात बेलायत युरोपेली संघबाट बाहिरिनुपर्छ भन्ने पक्षमा ५२ प्रतिशत र छाड्नुहुँदैन भन्ने पक्षमा ४८ प्रतिशत मत खसेको थियो।

Advertisement

त्यसपछि ब्रेक्जिटका लागि दुवै संसदले विधेयक बनाएको थियो र महारानी एलिजावेथ द्वितीयाले स्वीकृति दिएको थिइन्‌।

यो प्रकृया आज औपचारिक रूपमै सम्पन्‍न भएको बीबीसीमा उल्लेख छ।