काठमाडौं । पृथ्वीजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चियापान कार्यक्रम आयोजना गर्दैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पठाएको छ ।
कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेता तथा सांसदलाई निमन्त्रणा गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा पनि अध्यक्ष लिङ्देनले ‘रोष्ट्रम’बाटै चियापानमा उपस्थितिका लागि आग्रह गरेका थिए ।