November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

झापामा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

1.4K

दमक । झापामा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मेचिनगर नगरपालिका–२ त्रिमार्ग चोकस्थित भित्री सडकमा मे.१ ह ७१५३ नम्बरको अटोको ठक्करबाट पैदलयात्री को मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६० वर्षीय रविलाल दनुवार रहेका छन् । उनको सोमबार साँझ मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

Advertisement