काठमाडौं । नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।
नेकपा एमाले लगायत अन्य दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले आजै ४ बजे शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।