April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

फिदिम नगरपालिकाका स्वास्थ्य स्वयम सेविकालाई सम्मान

4.6K

पाँचथर । पाँचथरको फिदिम नगरपालिका क्षेत्रका स्वास्थ्य स्वयमसेविका सम्मानित भएका छन् । १९ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका दिवसको सन्दर्भ पारेर फिदिम नगरपालिकाले नगर क्षेत्रका २० जना स्वयमसेविकालाई सम्मान गरेको हो ।

नगरपालिकामा आयोजित कार्यक्रममा उनीहरलाई नगर प्रमूख मित्रप्रसाद काफ्ले, उपप्रमूख राधा कृष्ण न्यौपाने र जिल्ला स्वास्थ प्रमूख तेजबहादुर तुम्बापोले खादा र अबिरको टीका लगाएर सम्मान गरेका थिए ।

कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविकाले ग्रामिण क्षेत्रमा पु¥याएको सेवाको चर्चा समेत गरिएको थियो ।

Advertisement