April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

पाँचथरको फिदिममा संचालित हाड जोर्नी अप्रेसन, ६१ जनालाई राहत

2.1K

शरीरमा रड स्टिल बोकेर हिँडेकाहरुलाई निशुल्क सेवा

पाँचथर । पाँचथर जिल्ला अस्पतालमा पाँच दिनसम्म सञ्चालन भएको हाड जोर्नी अप्रेसन सम्वन्धि शिविरबाट ६१ जनाले निशुल्क सेवा पाएका छन । शिविरमा हाडजोर्नीकै समस्या भएका १ सय २० जनाको परिक्षण गरिएको छ । भने भर्खरै दुर्घट्नामा परेर हात खुट्टा भाचिएका ६ जनाका अंगमा रड र स्टिल राखिएको छ ।

आर्थिक अभावका कारण शरीरका विभिन्न अंगमा राखिएका स्टिल र रड झिक्न नसक्दा कष्टकर जीवन यापन गरिरहेका उनीहरुको शरिरबाट स्टिल र रड झिकिएसँगै उनीहरुलाई राहत भएको हो । आर्थिक अभावकै कारण शरीरमा राखिएका रड स्टिल झिक्न नसकेका विरामीलाई लक्षित गर्दै जिल्लामा शिविर संचालन भएको थियो ।

फिदिम नगरपालिका,नेपाल माउण्टेन मोवाइल हस्पिटल बेल्जियम,सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी काठमाण्डौ र पाँचथर जिल्ला अस्पतालको आयोजनामा सञ्चालन भइरहेको शिविरमा बेल्जियमका १ सहित ८ जना चिकित्सकले हाडजोर्नीको अप्रेसन र स्वास्थ परिक्षण गरेको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताए । उनका अनुसार विरामीको चापलाई मध्यनजर गर्दै शिविर पुन यही मिति २०७९ मंसिर २५ देखी २९ सम्म संचालन हुनेछ ।

Advertisement

माउण्टेन मोवाइल हस्पिटल बेल्जिम र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीले हाड जोर्नी टुटेका र भाँचिएका बिरामीको सुविधालाई ध्यानमा राख्दै देशका विभिन्न जिल्लामा यस्ता शिविर सञ्चालन गर्दै आएको चिकित्सक टोलीकोे नेतृत्व गरिरेहका डाक्टर मिङमा गेल्जोङ सेर्पाले बताए ।