काठमाडौं । सर्लाही प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार महिन्द्रराय यादव विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलाई पराजित गर्दै यादव विजयी बनेका हुन् ।
मतपरिणाम अनुसार यादवले २३५२९ मत ल्याएका छन् भने प्रतिस्पर्धी राजेन्द्र महतोले २१५१६ मत ल्याएका छन् ।