काठमाडौं । सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा माओवादी केन्द्रका राजेन्द्र कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका भविश्वर गुरुङलाई झिनो मतान्तरले पछि पार्दै कार्की निर्वाचित भएका हुन् ।
कार्की र गुरुङबीच ३४ मतको अन्तर छ । मत परिणाम अनुसार कार्कीले १३ हजार चार सय ३३ मत प्राप्त गरेका छन् भने एमालेका भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन्।
पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो । सङ्खुवासभाको प्रतिनिधिसभा र प्रदेशसभा (२) को मतगणना जारी छ ।
