November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

इंग्लिस प्रिमियर लिग: न्युक्यासलले रोक्यो लिभरपुललाई

4.2K

काठमाडौं– न्युक्यासलले इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुललाई बराबरीमा रोकेको छ। लिग लिडर लिभरपुलविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै न्युक्यासलले गोलरहित बराबरीमा खेल टुंग्याएको हो।

घरेलु टिम न्युक्यासलविरुद्ध लिभरपुलले गोल गर्न सकेन। पहिलो हाफसम्मै मोहम्मद सलाहले पाएको दुई वटा राम्रो अवसर सदुपयोग गर्न नसक्दा लिभरपुलले अग्रता बनाउनबाट चुकेको थियो। करिब ७४ प्रतिशत बल पोजिसन आफ्नो नियन्त्रणमा राखेर पनि लिभरपुलले न्युक्यासलविरुद्ध जित निकाल्न सकेन।

लिभरपुलले यसअघिको खेलमा लिगको १९ औं स्थानमा रहेको वेष्ट ब्रुमसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। त्यस्तै, बुधबार राति नै हुने भनिएको टोटेनहम र फुलहामबीचको खेल कोरोना भाइरसको कारण स्थगित भएको छ।

Advertisement