April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

विश्वकप २०२२: पहिलो खेल जितेको खुसीयालीमा साउदीमा सार्वजनिक बिदा

3.7K

शारदा भुजेल

दोहा । विश्वकप २०२२ को पहिलो खेल जितेको खुसीयालीमा साउदी अरेबियाले बुधबार सार्वजनिक बिदा दिएको छ । मंगलबार भएको खेलमा अर्जेन्टिनालाई २–१ गोल अन्तरले साउदी अरेबियाले हराएपछी जितको खुशीयालीमा बुधबार साउदी अरेबियामा सार्वजनिक बिदा दिने घोषणा गरिएको हो ।

फिफा विश्वकप २०२२ को पहिलो खेलमा आफ्नो ऐतिहासिक जितको उत्सवमा सार्वजनिक बिदा दिने जनाईएको छ ।

Advertisement

जारी विश्वकपमा उपाधि दाबेदार मानिएको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको हो ।