April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नम्बर-५ को कार्यालयमा तोडफोड

1.7K

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । कार्यालयमा विहीबार मध्यराति तोडफोड भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्

श्रेष्ठले सामाजिक संजालमा लेखेका छन्, ‘पराजित मानसिकता भएका उच्छृङ्खल समुहबाट गएराति महाराजगन्जस्थित राप्रपा काठमाडौं क्षेत्र नं ५ को सम्पर्क कार्यालय तोडफोड गरिएको घटनाको निन्दा गर्दछौं । निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाउन सरकारसंग माग गर्दछौं । प्रभावकारी अनुगमनका लागि निर्वाचन आयोग र निर्वाचनको पर्यवेक्षण गरिरहेका संघसंस्थाको ध्यानाकर्षण गराउँदछौं ।’

कसले र किन तोडफोड भएको हो अहिलेसम्म खुल्न नसकेको श्रेष्ठले बताए ।

Advertisement