April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

ताञ्जानियाको तालमा खस्यो यात्रुबाहक विमान, १९ जनाको मृत्यु

२०७९ कार्तिक २१

1.8K

एजेन्सी । अफ्रिकी मुलुक ताञ्जानियामा यात्रुबाहक विमान तालमा खसेर दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।

दार ए सलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरण गर्ने क्रममा भिक्टोरिया तालमा खसेको हो । विमानमा चालक दलसहित ४३ जना रहेकोमा २४ जनालाई जीवितै उद्धार गरिएको हो । खराब मौसमका कारण विमान दुर्घटना भएको जनाइएको छ ।

अफ्रिकाको सबै भन्दा ठूलो ताल विमानस्थलबाट नजिकै रहेको छ । विमानका दुई जना पाइलट जीवितै रहेको र दुर्घटनापछि पनि उनीहरूले ककपिटबाट स्थानीय अधिकारीहरूसँग कुरा गरेको बताएपनि त्यहाँका प्रधानमन्त्रीले पाइलटको मृत्यु भएको बताएका छन् ।

Advertisement

आफन्तलाई लिन विमानस्थलमा पुगेकाहरुले हेर्दाहेर्दै विमान तालमा खसेपछि विमानस्थल बाहिर पनि रुवाबासी चलेको थियो ।