November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति तोकियो

3.2K

काठमाडौं– आगामी वर्षका लागि सारिएको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको मिति तोकिएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को बैठकले साफ च्याम्पियनसिपको मिति तय गरेको हो। नयाँ सार्वजनिक भएको मिति अनुसार २०७८ भदौ २९ देखि असोज ९ गतेसम्म साफ च्याम्पियनसिप आयोजना हुनेछ। साफ च्याम्पियनसिप बंगलादेशमा हुने यसअघि नै निर्णय भइसकेको छ।

२०२० मै आयोजना हुनुपर्ने साफ च्याम्पियनसिप विश्वभर फैलिएको कोरोना भाइरसका कारण करिब एक वर्ष पर धकेलिएको हो। यसअघि २०७५ सालमा भएको साफ च्याम्पियनसिपको आयोजना पनि बंगलादेशमै भएको थियो। नेपाल सेमिफाइनलसम्म पुगेको त्यो साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको थियो।

Advertisement