आचार्य प्रभा
नसोंच्नु आफन्त हो रमाएको छु म शहरमा
तैरिंदै, डुब्दै डुबुल्की मार्दैछु दुःखको लहरमा ।
रहर कहाँ थियो ? घरआँगन चटक्क माया मार्ने ?
भत्भती पाईला पोले पनि हिँड्दैछु दुखको कहरमा ।
परिवारकै खुशी समेट्न भनी प्रवास पसेको हुँ
अतृप्त तिर्खा मेटी रहेछु यहाँ नुनिलो जहरमा ।
शुन्य बन्छ दिमाग भरदिन पसिना बगाउँनमै
झस्केर सम्झिन्छु घरआँगन मध्य रातको प्रहरमा ।
हाँसेकै छु तर पनि सम्झेर सुखका ती दिनहरु
बाँचेकै छु भविष्य पक्कै सुन्दर होला भन्ने ठहरमा ।
दमक, झापा