April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार

3.5K

काठमाडौं । संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । जोशीको उपचारमा संलग्न चिकित्सकहरूले उनको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएका छन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिबार बिहान ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल पुगेर उपराष्ट्रपतिले त्यहाँ उपचाररत शताब्दी पुरुष जोशीको स्वास्थ्य लाभको कामना गरेका थिए । जोशीको स्वास्थ्यमा आएको उल्लेख्य सुधारमा उपराष्ट्रपतिले खुसी व्यक्त गरे ।

शताब्दी पुरुष जोशी डेंगु सङ्क्रमण र अन्य स्वास्थ्य समस्याले किष्ट मेडिकल अस्पतालमा उपचाररत छन् ।

Advertisement