काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गरेका हुन् । राजतन्त्र पुनःस्थापना हुनुपर्ने पक्षमा अभिव्यक्ति दिंदै आएका उनी राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित पार्टी प्रवेश गराएका हुन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । राप्रपामा आठ उपाध्यक्ष हुने व्यवस्थामध्ये हाल ६ उपाध्यक्ष छन् ।
राप्रपा र रविन्द्र मिश्र समूहबीच एकता भएको हो । यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिष्पर्धाको तयारीमा हुनुहुन्छ छन् । उक्त क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंहले उम्मेदवारी दिने तयारी गरेका छन् भने विवेकशील साझाका पूर्वनेता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
राजनीतिको ओरालो यात्रामा रवीन्द्र मिश्र-अन्ततः त्यागे विवेकशील साझा




