दमक । झापामा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । शुक्रबार राति मेचीनगर नगरपालिका–१२ पिपल डाँगीमा प्र.१–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्र.१–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका प्र.१–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल चालक कन्काई नगरपालिका–४ बस्ने ३८ वर्षीय कृष्ण प्रसाद सिग्देल र प्र.१–०१–०१४ प २६७८ मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–४ बस्ने ४५ वर्षीय विष्णु थापाको बिएण्डबी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका प्र.१–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।