काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा संघीय संसदमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन थापा र नेकपा एमालेका नेता राजन भट्टराईसंग चुनाब लड्ने तयारीमा जुटेका छन्।
चन्द अहिले काठमाडौं क्षेत्र नं ४ का मतदाताहरुसंग भेटघाट, छलफल र आफ्नो पक्षमा चुनाबी माहोल तयार पार्न ब्यस्त भएको बताउछन् । विकृति, विसंगति, भ्रष्टाचार तथा राजनीतिक समस्या देख्दा युवाहरू निरास भएका छन्। युवाहरु अबसरको खोजिमा छन्, रोजगारीको अवसरका लागि भौतारिरहेका छन् त्यसैले पनि हामि जस्ता सचेत युवाले राजनीति बिकृति र विसंगति बिरुद्द बुलन्द आवाज उठाउदैं आगामी हुन गईरहेको संघीय सांसदमा चुनाब लड्नु पर्ने बाध्यता रहेको चन्द बताउँछन।
मुलभूत रुपमा एकजना उम्मेदवारले बर्षौ सम्म एउटै क्षेत्रमा चुनाब जित्दै आए पनि यस क्षेत्रका मतदाताले खासै केहि परिबर्तन देख्न पाएनन्, जनताले बिकाशका आधारहरु देख्न पाएनन् भने क्षेत्र न. ४ का जनताले नेता पाए तर बिकशमुखि र जनताको भावना अनुरुपको असल नेता पाउन सकेनन तसर्थ पनि यसपालीको चुनाबमा परिबर्तनको लागि उम्मेद्वारी दिनुपर्ने बाध्यता रहेको युवा नेता सुर्य चन्द बताउँछन् ।
चन्द भन्छन,‘मेरो उम्मेदवारी राजनीतिमा देखिएको फोहोर सफा गर्नका लागि हो । मेरो उम्मेदवारी निष्ठाको उम्मेदवारी हो । देश विकास गर्न पहिला राजनीतिमा बढेको फोहोरी खेलको सफाइ गर्नुपर्छ । त्यसपछि विकासका काम अघि बढ्नेछ । मेरो उम्मेदवारी त्यही राजनीति सफाइ गर्न कुचो बोकेर आएको कुचीकारका रूपमा बुझ्नुस् । म पहिला राजनीति सफाइ गर्छु, अनि विकास ।’
लामो समय देखि रंगपत्रकरितामा आबद्ध रहेर कलाकारिता समेत गर्दै आएका सुर्य चन्द समाजसेवाम अग्रणी भूमिका निर्बाह गर्दै आएका व्यक्तित्व हुन्। महा(भुकम्पको समय होस् अथवा कोभिडको समयमा होस् आफ्नो जिबनलाइ मृत्युको मुखमा राखेर जनताको सेवामा खटिएका चन्द बिगत लामो समय देखि आफुलाई समाजसेवामा समर्पण गरेर अनाथ असाहय, दुखि पिडितलाइ सहयोग गर्दै आएका व्यक्तित्व हुन्। २०५५ देखि राजनीतिमा सक्रिय सुर्य चन्द, राजनीतिक दलको बिकृति र बितृष्णाले गर्दा स्वतन्त्र उम्मेद्वारी दिने तयारिमा जुटेको बताउछन।




