April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आईपीएल : चेन्नईसँग कोलकाता पराजित

२०७७ कार्तिक १४

2.8K

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स चेन्नई सुपर किंग्ससँग पराजित भएको छ ।

दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ५३ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।

Advertisement

रविन्द्र जडेजा ३१ रनमा अविजित रहदा साम करण १३ रनमा अविजित रहे । अन्तिम ओभरमा जडेजाले दुई छक्का प्रहार गर्दै चेन्नईलाई जिताएका हुन् ।

अन्तिम ओभरमा चेन्नईलाई जितका लागि १० रन आवश्यक थियो । बलिङमा थिए कमलेश नगरकोटी । पहिलो बलमा करणले रन जोड्न सकेनन् । तर, करणले दोस्रो बलमा २ र तेस्रो बलमा १ रन जोडे । चौंथो बलमा जडेजाले रन जोड्न सकेनन् । तर, जडेजाले पाँचौ र छैटौं बलमा छक्का प्रहार गर्दै चेन्नईलाई अन्तिम बलमा जित दिलाए ।

कोलकाताका वरुण चक्रवर्ती र पाट कुमिन्सले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।