लण्डन । संयुक्त अधिराज्य बेलायत तथा राष्ट्रमण्डल (कमनवेल्थ कन्ट्रीज) की महारानी एलिजावेथ द्धितीयको निधन भएको छ । ९६ बर्षीया महारानीको निधन भएको आज सेप्टेम्बर ८ को दिन उहाँको निजी निवास बालमोलरमा निधन भएको भनी राजदरवारले औपचारिक जानकारी गराएको छ ।
महारानी एलिजावेथ विगत ७० बर्षसम्म निरन्तर राज्य गरिरहनु भएको थियो ।
रानी एलिजावेथ सन् १९६२ मा सिंहासनमा आउनुभएको थियो र आफ्नो राज्यकालमा ठूला सामाजिक परिवर्तन देख्नु भयो।
उहाँको मृत्युसंगै अब, उहाँका जेठा छोरा चार्ल्स (पूर्व प्रिन्स अफ वेल्स) नयाँ राजा बन्नु हुने र जम्मा राष्ट्रमंडलका १४ वटा देश र त्यहाँका जनताहरुको शोक र श्रद्दाञ्जली कार्यक्रमहरुको नेतृत्व गर्नुहुनेछ ।
आज बकिंघम प्यालेसले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “महारानीको आज दिउँसो बालमोरलमा शान्तिपूर्वक निधन भयो”।
दिवंगत महारानीको शव आज साँझ बालमोरलमा रहनेछ र भोली बिहिबार लन्डन फर्कने बीबीसीले बताएको छ ।
डाक्टरहरूले महारानीलाई मेडिकल पर्यवेक्षणमा राखेपछि उहाँका सबै सन्तानहरु एबरडीन नजिकैको बालमोरल गएका थिए।
उहाँका जेठा नाति प्रिन्स विलियम बालमोरल पुगिसक्नुभएको छ भने कान्छा नाति प्रिन्स ह्यारी अहिले बालमोरलतर्फको यात्रामा रहेको थाहा भएको छ ।