November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

हाम्रा नेतालाई गाली गरेर व्यवस्था कमजोर बनाउने खेल स्विकार्य छैन: अध्यक्ष पराजुली

2.4K

काठमाडौं । अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीले गणतन्त्र कमजोर बनाउनेलाई मंसिर ४ मा हुने निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन् ।

अनेरास्ववियू काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय सभागृहमा आयोजना गरेको बधाई,, सम्मान तथा स्वागत कार्यक्रममा उनले सरकारी शैक्षिक सस्था दिनानुदिन कमजोर हुने माफियाले लगानी गरेका संस्था हरेक दिन मालामाल हुने कुरालाई रोक्नुपर्ने बताए ।

‘हाम्रो श्रमबाट हाम्रो देश समृद्धिको दिशामा लानुपर्छ । हाम्रा नेतालाई गाली गरेर हाम्रो व्यवस्था कमजोर बनाउने खेल अनेरास्ववियूलाई स्विकार्य छैन,’ पराजुलीले भने । ब्रेन ड्रेनको यो समस्यालाई समाधान गर्न सरकारले उचित कदम चाल्नुपर्ने उनको भनाइ थियो ।

Advertisement