November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

करेन्ट लागेर तीनको मृत्यु

2.1K

काठमाडौं। गुल्मी, धुर्कोट गाउँपालिका-४ जैसिथोक रिठापाटा बस्ने ४२ वर्षीय मान बहादुर रानाको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । आफ्नै घरको छतमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृत्यु भएको हो ।

पाल्पाको तानसेन नगरपालिका-१ गैरागाउँ बस्ने खोटाङ जन्तेढुङ्गा गाउँपालिका-३ घर भएका ३४ वर्षीय महेश राईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका-४ शिलखानटोलमा निर्माणाधिन घर बनाउने क्रममा करेन्ट लागरे गम्भीर घाइते भएका उनको मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ खोले बस्ने ५० वर्षीय दुर्गाराज तामाङको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा सञ्चालन गरेको मिलमा मकै पिस्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

Advertisement