November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

लिज ट्रसलाई प्रधानमन्त्री देउवाले दिए बधाई

1.8K

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य(यूके)को कन्जरभेटिभ पार्टीको नेतामा लिज ट्रस निर्वाचित भएकामा उनलाई बधाई दिएका छन् ।

४७ वर्षिया लिज ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनी आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुदैछिन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत लामो समयदेखिको नेपाल(बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँग काम गर्न आफू तत्पर रहेको बधाई सन्देशमा उल्लेख गरेका छन् ।

Advertisement