April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री

5.9K

लण्डन । बेलायतको सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताको लागि भएको चुनावमा लिज ट्रस बिजयी भएकी छिन् । पाटीले आज सार्वजनिक गरेको मतपरिणाम अनुसार श्रीमती ट्रसले आफ्ना प्रतिद्धन्दी ऋषी सुनाकउपर बिजय हासिल गरेकी हुन् ।

गत जुलाई महिनामा पार्टी नेता तथा प्रधानमन्त्री बोरिस जोहन्सनले बिभिन्न दवावहरुबीच राजीनामा दिएपछि अगस्ट महिनामा नयाँ पार्टी नेताको लागि पहिले कन्जरभेटिभ पार्टीका साँसदहरुबीच चरणवद्द रुपमा चुनाव भएको थियो भने सबैभन्दा बढी मत ल्याउन अन्तिम दुई प्रतिस्पर्धीहरुबीच कन्जरभेटिभ पार्टीका सदस्यहरुले चुनाव गरेका थिए ।

प्रधानमन्त्री बोरिस जोहन्सनको क्याबिनेटमा तत्कालीन विदेशमन्त्री भएर काम गरिसकेकी श्रीमती ट्रसले कन्जरभेटिभ पार्टीका सदस्यहरुको ५७ प्रतिशत मत ल्याउँदा उनका प्रतिद्धन्दी पूर्व अर्थमन्त्री ऋषी सुनाकले ४३ प्रतिशत मात्रै प्राप्त गरे ।

Advertisement

श्रीमती ट्रस पार्टी नेता भएसंग अब प्रतिनिधि सभाको बाँकी कार्यकालसम्मको लागि प्रधानमन्त्री हुने भएकी छन् ।