लन्डन । युकेमा ‘गोल्डेन एभरेष्ट क्रिकेट लिग’ सँगै मिडल्यान्ड नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ । सोमबार युकेको नटिङ्हममा सम्पन्न उक्त मेलालाई कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिहरुले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । यस्तै, प्रमुख अतिथि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले ‘बलिङ र ब्याट’ गरेर क्रिकेट लिग फाईनल खेलको उद्घाटन गरेका थिए ।
कार्यक्रममा विशेष अतिथिको रुपमा एनआरएनए (आईसीसी) अध्यक्ष कुल आचार्य उपस्थिति थिए भने अन्य अतिथिहरू एनआरएनए ग्लोबल, युरोप क्षेत्रीय उपसंयोजक दयानिधि सापकोटा, एनआरएनए आईसीसी, सदस्यहरू कोशलेश्वर ढकाल, महेश अधिकारी, समीर खनाल, एलएन पाण्डेय, राजेन्द्र पुडासैनी, एनआरएनए युकेका प्रमुख संरक्षक शेरबहादुर सुनार, एनआरएनए आईसीसीका पूर्व सल्लाहाकार, अधिवक्ता एवम् लेखक सुरेन्द्र नेपाल श्रेष्ठ, एनआरएनए यूकेका उपाध्यक्षहरु नारायण कंडेल, सुनिलबाबु खड्का, गोबिन्द खरेल, एनआरएनए यूकेका निवर्तमान महासचिव फडीन्द्र भट्टराई, एनआरएनए यूकेका सचिव विष्णु चालिसे, कोषाध्यक्ष विष्णु खरेल, सदस्यहरू पदम साही, भनुभक्त घिमिरे, एनआरएनए स्कटल्याण्ड राज्य समितिका अध्यक्ष कासीराम भण्डारी, ग्रीनवीच बोरो काउन्सिलर जीत रानाभाट, तमुधी युकेका अध्यक्ष हितकाजी गुरूङ्ग, साझा नेपाली समाज यूकेका पूर्व अध्यक्षहरू रणबहादुर खाती क्षेत्री , राजु कंडेल र गंगा गौतम, साझा नेपाली समाज युकेका ट्रस्टी पवन शर्मा, गोल्डेन एभरेस्ट लिमिटेड कम्पनीका प्रमुख तथा लिगका प्रमुख प्रायोजक कमल भण्डारी, शान्ति नेपाली समाजका अध्यक्ष भोजराज भण्डारी, गल्कोट समाजका अध्यक्ष भोजराज कडेल र उपाध्यक्ष डिलाराम गौतम, नेपाली समाज नोटिङ्गमका पूर्व अध्यक्ष प्रविन पाण्डेय, पीटरब्रो नेपाली समाजका अध्यक्ष हरीहर भट्टराई, श्रीजनशील नेपाली समाज लेस्टरका अध्यक्ष नारायण फुयाँल, हाम्रो नेपाली समाज ओल्बह्यामट्नका अध्यक्ष राम भट्टराई, गुल्मी जील्ला समाज युकेका उपाध्यक्ष मन्जु भण्डारी र प्रवक्ता राधा खरेल, साझा नेपाली समाज युकेका उपाध्यक्षहरु प्रेम आले मगर, कृष्ण खरेल र केशव खतिवडा, सचिव हरि भट्रराई, सेफएसोसिएशनका महासचिव यज्ञ खरेल, क्याट युकेका अध्यक्ष सालीक सापकोटा र पूर्व अध्यक्ष कृष्ण गुरुङ, पशुपती मन्दिर अल्ट्रासर्टका अध्यक्ष बाचस्पति रेग्मी, ग्रान्थम नेपाली समाज उपाध्यक्ष किशोर लामीछने, याड्ली नेपाली समाजका अध्यक्ष गूंजेस्वर न्यौपाने, सामाजिक अभियन्ता पिटरबोरो नेपाली समाज युकेका पूर्व अध्यक्ष केशब भण्डारी, एनआरएनए यूकेका युवा संयोजक तीर्थ बहादुर मल्ल, नेपालबाट बेलायतको भ्रमणमा रहेका अभिनेता निखिल उप्रेती, राष्ट्रीय कलाकारहरू बिशाल रायमाझी, अस्मिता डल्लाकोटी, राजन कार्की, रेशम निर्दोष, शान्ता रानी परीयार, बीलन थापा, नीर आले, रीना थापा मगर, भूमिका शाही, लण्डन नेपाल न्युजका शिब भण्डारी र प्रकाश कडेल लगायतको उपस्थिति रहेको थियो ।
साझा नेपाली समाज युकेका अध्यक्ष कृष्ण शर्मा सापकोटाको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाली समाज नटिङ्हमका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष मुकुन्द हरि खरेलले स्वागत मन्तव्य राखेका थिए । यस्तै प्रमुख अतिथि विशेष अतिथि, साझा नेपाली समाज युके लगायत स्थानीय संस्थाहरूबाट छोटो मन्तव्य राखिएको थियो । साथै कलाकारहरूले गीतसंगीतबाट भरपूर मनोरंजन गराएका थिए ।
यस वर्ष लेस्टरको समूह २०२२ को ‘गोल्डेन एभरेष्ट क्रिकेट लिग’को बिजेता बनेको छ भने उपविजेता नोटिङ्गमको ‘टिम ए’ र शान्ति नेपाली समाज बर्मिगमको समूह तेस्रो बनेको छ । विजेता र उपविजेता समूहलाई प
दक, नगद र ट्रफी प्रदान गरिएको पूर्व अध्यक्ष रणबहादुर खाती क्षेत्रीले जानकारी दिए ।
मिडल्याण्डमा क्रियाशील सबै संघसंस्थाहरूको सहभागीता रहेको पहिलो नेपाली मिडल्यान्ड मेला आउने वर्षहरुका लागि परीक्षणको रूपमा लिइएको बताइएको छ । आउने वर्षहरुमा मिडल्याण्ड नेपाली मेलालाई विशेष खेलकुद, सांस्कृतिक कार्यक्रम, फुड स्टल, नेपाली सामग्रीहरुको स्टल सबैलाई समेटेर मेलाको व्यवस्थापन गर्न अहिलेको मेला कोशेढुङ्गा सावित भएको आयोजकले जनाएको छ ।
कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याएकोमा मिड्ल्याण्डवासी सम्पूर्ण नेपालीहरुप्रति संयोजक दीपक सापकोटाले आभार प्रकट गरेका छन् । उनले यस कार्यक्रमले विशेष किसिमको अभियानको सुरुवात भएको आभास गराएको उल्लेख गर्दै आगामी वर्षहरुमा अझ प्रभावकारी रुपमा आयोजना गरिने प्रतिवद्धता जनाए ।