November 24, 2025, Monday
२०८२ मंसिर ८
1:37:26 pm

प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर, राष्ट्रपतिले अस्पतालमा विताइन एक घन्टा

2.2K

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राजनीतिक विश्लेषक प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर छ । शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ। उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार शुक्रबार जे अवस्था थियो अहिले त्यहि स्थिति छ ।

लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किएका थिए । स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा कही दिन अघि उनको छातीमा संक्रमण देखिएको हो । उनको अहिले मेडीसिटी हस्पिटल ललितपुरमा उपचार भइरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन्। राष्ट्रपति भण्डारी बिहान ११ बजे अस्पताल पुगेकी थिइन्।

Advertisement

अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे राष्ट्रपति भण्डारीसमक्ष ब्रिफिङ गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। राष्ट्रपति करिब एक घण्टासम्म अस्पताल बसेकी थिइन ।