April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नागरिकता विधेयकबारे डा.भट्टराईले भनेः अपमानजनक र विभेदकारी प्राबधान सच्याउ

3.2K

काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ प्रतिनिधिसभाबाट बहुमतले पारित भएपछि पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले केही प्रावधान सच्याउन माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निर्णयार्थ पेश गरिएको सो प्रस्ताव बहुमतले पारित भएपछि डा.भट्टराईले विधेयक पारित हुनुलाई सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । सामाजिक संजालमा आफ्नो प्रतिक्रिया लेख्दै केही प्रावधान सच्याउन उनको माग छ ।

उनले लेखेका छन्,‘लाखौं नेपाली नागरिकताविहीन भैरहेको अवस्थामा नागरिकता विधेयक पारित हुनु सकारात्मक छ। परन्तु आमाको नाउॅबाट नागरिकता लिंदा बाबुको ठेगान नलागेको स्वघोषणा जस्ता अपमानजनक÷विभेदकारी प्राबधान, छोरी र छोराका दम्पत्तिलाई अंगीकृत नागरिकतामा विभेद, गोरखा सैनिकलाई नागरिकता आदि कमी सच्याउनैपर्छ।’

Advertisement

विहीबारको बैठकमा सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रस्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गरेका थिए ।