May 4, 2024, Saturday
२०८१ बैशाख २२
1:37:26 pm

एक महिनाभित्र एनआरएनएलाई नागरिकता वितरण गर्ने काम सुरु हुन्छ: उपप्रधानमन्त्री खड्का

1.3K

लन्डन। सरकारले एक महिनाभित्र गैरआवासीय नेपाली (एनआरएनए) लाई नागरिकता वितरण सुरु गर्ने भएको छ । उपप्रधानमन्त्री एवम रक्षामन्त्री पूर्णबहादुर खड्काले एक महिनाभित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गर्ने घोषणा गरेका हुन् । 

ओमानको राजधानी मस्कटमा बुधबार सम्पन्न ८ औं मध्यपूर्व क्षेत्रीय सम्मेलनमा सहभागी बन्न ओमान पुगेका खड्काले एनआरएनएलाई सहज हुने गरी कानून परिवर्तन गर्ने बताए । उनले भने, ‘एक महिना भित्र नियमावली बनाएर एनआरएनए नागरिकता वितरण सुरु गरिसक्छौँ । एनआरएनलाई सहज हुने गरि परिवर्तन गर्नु पर्ने नियम कानून परिवर्तन गरिन्छ । गर्नुपर्ने काम रोकिँदैन ।’

उपप्रधानमन्त्री खड्काले एनआरएनएको सबै माग सम्बोधन गर्न सरकार तयार रहेको पनि बताए । एनआरएनएको साथमा सरकार, दल र सिंगो संसद रहेको उनको भनाइ थियो।

Advertisement

एनआरएनएको सन्दर्भमा नेपालमा सत्ता र प्रतिपक्ष नरहेको भन्दै उनले एकता भावका साथ एनआरएनएलाई हेर्ने बताए ।

एक महिनाअघि राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । उक्त विधेयक प्रमाणीकरण भएसँगै एनआरएनएहरूले धन्यवाद ज्ञापन गरेका थिए ।