लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को चौधौँ युरोप क्षेत्रीय बैठक र महिला तथा युवा सम्मेलन स्विडेनमा हुने भएको छ । सम्मेलन असोज ८–९ गते (सेप्टेम्बर २४ – २५) स्वीडेनको राजधानी स्टकहोल्मस्थित रोयल पार्क होटल स्टकहोल्ममा हुने हुन लागको हो ।
उक्त सम्मेलनमा संयोजकहरुको नेतृत्वमा, क्षेत्रीय उपसंयोजक, युवा तथा महिला संयोजक, युवा तथा महिला उपसंयोजक साथै युरोप क्षेत्रका सबै आईसीसी सदस्यहरू, राष्ट्रिय समन्वय समितिका अध्यक्ष सदस्य रहने गरी एक आयोजक समिति गठन गर्ने निर्णय गरिएको छ । आयोजक समितिको सदस्य सचिवको रूपमा भने आयोजक राष्ट्र एनसीसी स्विडेनका अध्यक्ष राजकुमार पाठकलाई जिम्मेवारी दिने एनआरएनए युरोप क्षेत्रले निर्णय गरेको छ ।
यस्तै, बैठकलाई सफल बनाउन संयोजक सन्तोष भट्टराई र चिन्तामणि सापकोटा, उपसंयोजक डा.नवराज रोस्वारा, उपसंयोजक सागर सुवेदी, युवा संयोजक रमेश काफ्ले, महिला संयोजक पारु मल्ल र आयोजक राष्ट्रका अध्यक्ष राजकुमार पाठक रहेको क्षेत्रीय भेला सम्पन्न गर्न एक सात सदस्यीय सचिवालय गठन गर्ने र सो सचिवालय सदस्यसचिवको जिम्मेवारी उपसंयोजक सागर सुवदीलाई दिने निर्णय गरेको संयोजक चिन्तामणि सापकोटाले जानकारी दिए ।
उक्त बैठकमा आयोजक राष्ट्रका अध्यक्ष र आइसिसिको नेतृत्वमा ९ उप समितिको विषयमा अर्को बैठकमा एकपटक छलफल गरिनेछ र नर्थ क्षेत्रका एनसीसीका वर्तमान पदाधिकारी र पूर्व पदाधिकारी सम्मिलित एक उपसमिति गठन गरिने एनआरएनए युरोप क्षेत्रले निर्णय गरेको छ ।
सम्मेलनमा क्षेत्रीय बैठकमा राखिने आय व्ययका बिषयहरुलाई पारदर्शी बनाउनका लागी आयोजक राष्ट्रले एक छुट्टै बैंक खाता संचालन ल्याउनका लागि आग्रह गर्ने पनि एनआरएनए युरोप क्षेत्रले निर्णय गरेको छ ।
युवा संयोजक रमेश काफ्लेले कार्यक्रमको खाका पछिल्ला क्षेत्रिय बैठक हरु भन्दा फरक बनाउन सकिने धारणा व्यक्त गरेका थिए ।
क्षेत्रिय बैठकको सोलोगन र ब्यानर कन्सेप्टका लागी सम्पूर्ण पदाधिकारी हरुलाई सम्भब भए सम्म छिटो आफ्नो राय राखेर अर्को बैठकमा छलफल गरि पारीत गरेर सो बिषयलाई पत्रकार सम्मेलनको आयोजना भन्दा पहिले नै बाहिर ल्याइसक्नु पर्ने बिषयमा छलफल गरेको पनि युरोप संयोजक चिन्तामणी सापकोटा ले जानकारी दिएका छन् ।