April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

महिला प्रहरीलाई समाजवादी नेतृद्वारा सेनेटरी प्याड हस्तान्तरण

2K

हेटौडा । नेकपा (एकीकृत समाजवादी)का नेतृ मुनु सिग्देलले जिल्ला प्रहरी कार्यालय मातहतका महिला प्रहरीलाई सेनेटरी प्याड हस्तान्तरण गरेकी छन् ।

बागमती प्रदेश सभा सदस्यसमेत रहेकी सिग्देलले महिला सेल प्रमुख प्रहरी निरीक्षक चुडाकुमारी खड्कालाई मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेब गौतमको उपस्थितिमा ४ बोरा अर्थात् ३ हजार ८ सय ४० पिस सेनेटरी प्याड हस्तान्तरण गरेकी हुन् ।

माहिनावारीका समयमा आकस्मिक रुपमा आवश्यकता पर्दा प्रयोग गर्न सकिने र काममा सहजता हुने भएकाले महिलाको समस्या बुझेर सामग्री हस्तान्तरण गरिएको सिग्देलले बताइन् ।

Advertisement

कार्यक्रममा प्रहरी उपरीक्षक गौतमले सहयोगका लागि आभार व्यक्त गरिन् ।