April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायत र इयुबीच ‘पोस्ट ब्रेग्जिट ट्रेड डील’

2.2K

लण्डन–लामो समयसम्मको गतिरोध र असहमतिपछि अन्ततः बेलायत र युरोपेली संघबीच ‘पोस्ट ब्रेग्जिट ट्रेड डील’ भएको छ।

१० डाउनिङ स्ट्रीटमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नै कानुन र भाग्यलाई आफ्नै हातमा लिन सफल भएको बताए। 

बे्रग्जिटपछि इयु र बेलायतबीच भएको यो व्यापार सम्झौताको विस्तृत विवरण सार्वजनिक नभए पनि जोन्सनले पूरै युरोपको पक्षमा सम्झौता भएको बताए। योसँगै बेलायत ३१ डिसेम्बरदेखि इयुको व्यापार नियमको दायराबाट बाहिर आउनेछ। 

Advertisement

बेलायत र इयु दुवैले यो सम्झौताप्रति खुसी व्यक्त गर्दै यसलाई शानदार उपलब्धि भनेका छन्। यो सम्झौता नहुँदा दुवै पक्षले एक अर्काप्रति भारी मात्रामा कर लगाउने अवस्था थियो। सम्झौतापछि इयुले बेलायतलाई जलवायु परिवर्तन, ऊर्जा, यातायातलगायतका क्षेत्रमा सहयोग जारी राख्नेछ ।

यसअघि ३१ डिसेम्बर २०१९ देखि बेलायत २७ सदस्यीय युरोपेली संघसँग आधिकारिक रुपमा अलग भएको थियो।