November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुहानासँग अमेरिका पुगिन् झरना

2.8K

सरकारले लकडाउन घोषणा गरेपछि अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन अनिश्चितकालका लागि रोकिएको थियो । दशैंदेखि पुनः सुरु भएको चलचित्रको छायांकन कोरोना संक्रमणका कारण भीडभाडका दृश्य खिच्न नमिल्ने भएपछि फेरि दुई महिनाका लागि स्थगन भएको छ । अब चलचित्रको छायांकन जाडो मौसम सकिएपछि सुरु हुनेछ ।

चलचित्रको छायांकन २ महिना पोस्टपोन्ड भएपछि निर्देशक झरना थापा, अभिनेत्री सुहाना थापा र निर्माता सुनिल कुमार थापा अमेरिका पुगेका छन् । सोमवार उनीहरु अमेरिका प्रस्थान गरेका हुन् । सुहानाको अध्ययन र पारिवारिक भेटघाटका लागि उनीहरु अमेरिका गएको बुझिएको छ । बुधवार थापा परिवार अमेरिका ओर्लिसकेको छ । त्यहाँ उनीहरुको बसाई एक महिनाको हुनेछ ।

प्राप्त जानकारी अनुसार, अमेरिकामा ‘ए मेरो हजुर ४’ को एक गीत खिच्ने तयारीमा निर्माण टिम छ । गीत छायांकनको चाँजोपाँचो मिलेपछि नेपालबाट अनमोल अमेरिका प्रस्थान गर्नेछन् । यसअघि चलचित्र ‘ए मेरो हजुर ३’ को एक गीत र केही प्रतिशत छायांकन अमेरिकामा नै गरिएको थियो । झरना थापा निर्देशित चलचित्रमा अनमोल र सुहानाले दोस्रो पटक स्क्रिन शेयर गरेका हुन् ।

Advertisement