November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सेमिफाइनलमा युनाइटेडले सिटीसँग खेल्ने

2.6K

काठमाडौं– इएफएल कपको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीसँग प्रतिस्पर्धा गर्ने भएको छ। बुधबार इएफएल कपको क्वार्टरफाइनलको अन्तिम खेलहरुमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई र टोटेनहमले स्टोक सिटीलाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो।

सेमिफाइनलमा युनाइटेडले सिटीसँग प्रतिस्पर्धा गर्दा अर्को सेमिफाइनलमा टोटेनहमले ब्रेन्टफोर्डसँग खेल्नेछ। सेमिफाइनलका खेल जनवरी चारमा हुनेछ।

एभर्टनविरुद्ध बुधबार राति जित निकाल्ने क्रममा युनाइटेडका इडिन्सन काभानी र एन्थोनी मार्सियलले गोल गरे। पहिलो हाफसम्म बराबरी खेलेको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा दुबै गोल गरेको हो। खेलको ८८ औं मिनेटमा काभानीले गोल गर्दा खेलको अतिरिक्त समयमा मार्सियलले गोल गर्दै २–० को जित दिलाए।

Advertisement