होस् अबकाठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादव र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको भेटवार्तामा विशेषगरि जीटुजी विधिबाट भारतबाट आउने रासायनिक मलको विषयमा कुराकानी भएको जनाइएको छ ।
मन्त्री यादवले राजदूत श्रीवास्तवसँग नेपालबाट गर्नुपर्ने सबै प्रकृया पुरा भइसकेको भएपनि भारतबाट मल नआएका कुरा राखेका थिए । त्यसको जवाफमा राजदूत श्रीवास्तवले आफू नयाँ भएको कारणले के कस्तो काम अगाडि बढेको पूर्ण जानकारी नरहेको बताउँदै त्यसको बारेमा थप जानकारी लिएर मल चाँडै ल्याउन पहल गर्ने बताएको मन्त्रालयले जनाएको छ ।
यस्तै, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैसी आयात, उखु तथा कफीको ग्रेमप्लज्म आयात, पशुपन्छीजन्य महामारी र अन्य रोग नियन्त्रणलगायतका विषयमा पनि कुराकानी भएको कृषि मन्त्रालयले जनाएको छ ।