April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

दिल्लीमा पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट

1.8K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ । शुक्रबार भारत भ्रमणमा गएका प्रचण्डले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभल लगायतसँग भेटवार्ता गर्दैछन् ।

अध्यक्ष प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् । उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवासँग भेट गरेका थिए ।

प्रचण्डले शनिबार भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गर्ने र आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेर प्रचण्ड स्वदेश फर्किने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ ।

Advertisement

शनिबार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको कार्यालयमा न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण तीन महिना पहिले नै तय भइसकेकाले आकस्मिक नभएको बताए ।